कैलाली विशेष
बेहडाबाबा मन्दिर परिसरमा २ करोड २५ लाख दीप प्रज्जवलन हुने
धनगढी। महाशिवरात्रीको अवसरमा कैलालीको बेहडाबाबा मन्दिर परिसरमा २ करोड २५ लाख दीप प्रज्जवलन हुने भएको छ । आयोजक बेहडाबाबा फाउण्डेशन नेपाल धनगढीले आज मन्दिर परिर्षदमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन २५ गते दिउँसो साडे ३ बजे सामुहिक दीप प्रज्जवलन हुने जानकारी दिएको छ ।
आयोजक बेहडाबाबा फाउण्डेशन नेपालका संयोजक पदमराज जोशीले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक हुन गईरहेको यो अभुतपर्व देवदुर्लभ महायत्रको कर्ता हुन पाउँनु खुशीको करा भएको बताए । उनले २ करोड २५ लाख दीप प्रज्जवलन को सम्पुर्ण जिम्मा आयोजकले लिने जानकारी दिए ।
त्यस्तै संयोजक जोशीले ब्यक्तिगत रुपमा कसैले सवा एक लाख बती, तेल आदिका लागी ७ हजार एक सय रुपैया नगद भुक्तानी गर्ने सकिने ब्यवस्था समेत रहेको बताए । ७ हजार एक सय भुक्तानी गर्दा ब्यवस्थापन सकितीले सवा लाख बती, चाँदीको दियो, सुनको बती, बत्ती बाल्ने तिलको तेल र बती जलाउँने सवै ब्यवस्था गरिदिने प्रमुख आर्चाय मनिराज जोशीले जानकारी दिए ।
आर्चाय जोशीले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा छुटै पहिचान एव महिमामण्डित भएको भगवान भोलेनाथ बेहडाबाबा मन्दिरमा इतिहासमै पहलो पटक सपादद्धयकोटिबर्तिका दिप प्रज्जवलन हुनु उत्तम रहेको प्रतिक्रिया दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्