दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-८-२
  • सुन्नुहोस् 
669   
दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा

काठमाडौँ। दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया जारी एकदिवशीय विश्वकपको फाइनलमा पुगेको छ ।

बिहीबार भएको सेमिफाइनलमा अस्ट्रेलियाले २ सय १३ रनको लक्ष्य ४७.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका ट्राभिस हेडले ६२, स्टिभन स्मिथले ३०, डेभिड वार्नरले २९, जोस इङ्लिसले २८ रन जोडे। आठौं विकेटका लागि २२ रनको साझेदारी गरेका मिचेल स्टार्क १६ र प्याट कुमिन्स १४ रनमा अविजित रहे । त्यसअघि दक्षिण अफ्रिका ४९।४ ओभरमा २ सय १२ रनमा अलआउट भएको थियो । अस्ट्रेलियाले उपाधिका लागि अब भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनल पुगेको हो । अस्ट्रेलिया प्रतियोगिताको सर्वाधिक विजेता हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार