नेपाल ओमानसँग ५ रनले पराजित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

नेपाल ओमानसँग ५ रनले पराजित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-७-१७
  • सुन्नुहोस् 
1.15K   
नेपाल ओमानसँग ५ रनले पराजित

काठमाडौं। टी–२० विश्वकप छनोट खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ । नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ । कीर्तिपरस्थित टीयु मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो ।

रोमाञ्चक खेलमा नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । विवेक यादवले सुरुवाती तीन बलमा लगातार छक्का हानेर जितको आशा कायम राखेका थिए । तर विवेक चौथो बल र करण केसी अन्तिम बलमा आउट भए ।

अन्तिम बलमा जितका लागि ६ रन आवश्यक भएका बेला करण आउट भएपछि ओमान ५ रनले विजयी हुँदै समूह ए को विजेता बनेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

नेपालका करण केसीले ३ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २र२ विकेट हात पारेका थिए । गुल्शन झा र अविनाश बोहोराको नाममा एकरएक विकेट रह्यो ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार