हामि संग जोडिनुहोस

सुदूरपश्चिम

नेपाली कांग्रेस कैलालीकाे चियापान कार्यक्रम धनगढीमा सम्पन्न

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-७-१२
  • सुन्नुहोस् 
900  
Banner

धनगढी । नेपाली कांग्रेस कैलालीको आयोजनामा धनगढीमा चियापान कार्यक्रम गरिएको छ ।
हिन्दुहरुको महान पर्व विजया दशमी, तिहार र छठ लगायत पर्वको शुभकामना आदानप्रदान गर्न कोजाग्रत पूर्णिमाका दिन पार्टी कार्यालय धनगढीमा चियापान गरिएको हो ।
चियापान कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायत विभिन्न राजनीतिक दलका नेताहरुलाई पार्टी सभापति नारायण दत्त भट्टले स्वागत गरे ।
अन्य दलका नेतासंगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पनि चियापान कार्यक्रममा सहभागि भएका थिए ।
नेपाली काँग्रेसका सचिव केशब मिश्रले पर्वको शुभकामना आदान–प्रदान गर्न पार्टी कार्यालयमा चियापान कार्यक्रम गरिएको बताए ।
उनका अनुसार कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, प्रदेश समितिका सभापति तथा पदाधिकारी, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, कैलालीबाट निर्वाचित संघ, प्रदेश तथा स्थानिय तह र वडाका जनप्रतिनिधि, क्षेत्रिय पदाधिकारी तथा सदस्य, प्रदेश सभा क्षेत्र कार्य समिति पदाधिकारी तथा सदस्य, पालिका र वडा कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
यसका साथै पार्टीका भातृ तथा शुभेच्छुक संस्था कार्य समिति पदाधिकारी तथा सदस्य, नेपाली काँग्रेसमा आस्थावान व्यक्ति र सञ्चारकर्मीहरु पनि चियापान कार्यक्रममा सहभागि भएको उनको भनाई छ ।
२०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालदेखि कांग्रेसले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गरी शुभकामना आदान–प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्