कञ्चनपुरकोमा सम्भावित विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा संयुक्त कृतिम अभ्यास सम्पन्न - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

कञ्चनपुरकोमा सम्भावित विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा संयुक्त कृतिम अभ्यास सम्पन्न

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-६
  • सुन्नुहोस् 
1.27K   
कञ्चनपुरकोमा सम्भावित विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा संयुक्त कृतिम अभ्यास सम्पन्न

किशोर तामाङ

कञ्चनपुर। कञ्चनपुरको पुनर्वासमा सम्भावित विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा पुनर्वास नगरपालिकाले बिहिबार  दोदानदी तटीय क्षेत्रमा स्थानिय नगरस्तरीय बिपद ब्यवस्थापनको टोली, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल थापा चौराह,पुनर्वास , दोदा बि.ओ.पी र नेपाल रेडक्रस बिच संयुक्त अभ्यासमूलक अनुशिक्षण गरेको छ।

No description available.

बर्षायाममा आपतकालिन अवस्थामा पुनर्वास  नगरपालिका का  ९ वटा वडाका बस्तिहरू बाढीको जोखिममा रहेका छन्। बिशेष गरी यस क्षेत्रमा असार, साउन, भदौ र असोज महिनामा अत्यधिक वर्षा हुने गर्दछ । जसका कारण  नगरपालिकामा बाढीले विगत वर्षहरूमा धेरनैै क्षति पुरयाएको थियो । विगतको जत्तिकै ठूलो बाढी आएमा यस नगरपालिका का १४८१ घरहरू ९७४०५ जना मानिस, जमिन कटान÷पटान र डुवानबाट प्रत्यक्ष प्रभावित हुनसक्ने देखिन्छ । तसर्थ उक्त मनसुनजन्य विपद् बाढी र पहिरो लाई लक्षित गर्दै आज विपद् पूर्व तयारी तथा प्रतिकार्य अभ्यास सम्पन्न गरिएको छ । उक्त अभ्यास कार्यक्रममा पुनर्वासमा सबैभन्दा बढि बाढीको जोखिममा रहेका वडा नंं २ दशरथबस्ती, वडा नंं ५ सिमरी, रातोखाल र वडा नं। १० बिकासबस्तीका बसिन्दाहरु बिच बाढी बाट हुने सम्भावित क्षति जोगाउन गरिने पूर्व तयारी तथा विपद् पछिको प्रतिकार्यका बारेमा अभ्यास केन्द्रित गरिएको थियो।

संयुक्त अभ्यासमूलक अनुशिक्षणका क्रममा दोदा नदी तटीय क्षेत्र पुनर्वास नगरपालिका वडा नम्बर १० बिकासबस्ती नजिकै रहेको दोदा नदीमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी बल दोदा बि।ओ।पी।को हाताभित्र,स्थानिय बिपद ब्यवस्थापन समितिको टोलीले बाढीमा फसेको बेला  जनधनको क्षतिबाट बचाउन गरिने प्रयास, मृतक तथा घाइतेहरूको उद्धार तथा राहत, उपचार प्रणाली, सूचना संकलन तथा अद्यावधिक, समुदाय परिचालन सहितका विषय ‘नाटकीय’ शैलीमा प्रस्तुत गरिएको नगर बिपद ब्यवस्थापन समितिका फोकल पर्सन ओमनाथ ढकालले जानकारी दिए।

प्राय  पुनर्वास नगरपालिकाको अधिकांश लोल्याण्ड भूभाग हरु बाढीको जोखिममा रहेको छ । तसर्थ नदी तथा खोला तटीय क्षेत्रहरु बाढीको समयमा उच्च जोखिममा रहने भएकोले उक्त विपद् व्यवस्थापन अभ्यास ले केही हद सम्म क्षति न्यूनीकरणमा टेवा प’ने  नगर विपद् व्यवस्थापन समितिका फोकल पर्सन ढकालले जानकारी दिए ।

विपद् प्रतिकार्यमा क्रममा खटिने नेपाल रेडक्रस , नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सक्रिय मनसुन अगावै विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा राख्न सञ्चालन गरिएको यस्तो अभ्यासले प्रभावकारी परिचालनका लागि तयारीको संकेत दिएको छ । विपद्का घटना हुदा कुनै पनि नागरिकले कसरी सुरक्षित हुने र तत्काल व्यवस्थापनका लागि कसलाई कहाँ खबर गर्ने भन्ने विषयमा अभ्यास प्रदर्शनीबाट स्थानीयलाई सचेतीकरण गरिएको शसस्त्र प्रहरी बल पुनर्वासका आपतकालिन बिपद ब्यवस्थापन कार्यदल टोलीका नाईके प्रेम सिह धामीले बताए ।

No description available.

कुनै पनि स्थानमा विपद्का घटनाहरू भएको जानकारी प्राप्त हुनासाथ तत्काल परिचालित हुने भनेकै सुरक्षा निकाय रहेको हुनाले अभ्यासमूलक अनुशिक्षणमा विपद् पछि सुरक्षाफौजबाट हुने खोजपड्ताल तथा उद्धारका कार्यमा बढी समय दिइएको थियो । नेपालको भौगोलिक बनावट तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको बिपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रतिकार्यटोली प्रभावकारी रुपमा परिचालित हुनुपर्ने कुरालाई मध्यनजर गर्दै मनसुनजन्य विपद् विरुद्ध खटिने प्रतिकार्यटोली संग स्थानियको साथ सहायोग र हातेमालोको अवश्यक्ता औल्याउदै आपत्‌कालीन खोज, उद्धार तथा राहत वितरण गर्ने कार्य प्रभावकारी रूपमा अघि बढाउन स्थानियको भुमिका अहम रहने भएकाले  ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेश राज मल्लले सबैमा सहयोगका लागि अपिल गरे ।

No description available.

विगतका समयमा बाढी र पहिरोबाट यहाँ ठुलो जनधनको क्षति भएको र मनसुन पूर्णतया सक्रिय हुने समय भएको बेला यस्ता घटना विरुद्ध प्रतिकार्यका लागि तयारी अवस्थामा रहन संयुक्त अभ्यासमूलक अनुशिक्षण प्रभावकारी हुने नगर प्रमुख तोय प्रसाद शर्माले जानकारी दिए । हरेक विपद्को समयमा सुरक्षा निकायको भुमिका नै पहिलो स्थानमा उभिएको छ । हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज, उद्धार, राहत, समन्वयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले समय समयमा कृतिम घटना अभ्यासको आयोजना गरिएको  नगर प्रमुख शर्माले बताए।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार