हामि संग जोडिनुहोस

सुदूरपश्चिम

भूकम्प प्रभावितको अबस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-६-२०
  • सुन्नुहोस् 
1.06K  
Banner

बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको अबस्था बुझ्न बझाङ आइपुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका छन् ।

प्रधानमन्त्रीको आगमन हुने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।  प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ ।बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको जानकारी दिए ।


बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।


भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्