भारतसँग नेपाल २३ रनले पराजित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

भारतसँग नेपाल २३ रनले पराजित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-६-१७
  • सुन्नुहोस् 
660   
भारतसँग नेपाल २३ रनले पराजित

काठमाडौं । टी २० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।  चीनको हाङ्जाउमा जारी एसियाली खेलकुदमा भारतले दिएको २०३ रनको लक्ष पछ्याउँदै नेपालले २० ओभरमा १७९ रन जोडेको हो । क्वाटरफाइनलमा भारतले टस जितेर ब्याटिङ शुरु गरेको गरेको थियो । भारतले २० ओभरमा ४ विकेटको क्षतिमा २०२ रन बनाएको थियो ।नेपालले २० ओभरमा नौ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । यसैगरी कुशल भुर्तेलले २८, आसिफ सेखले १०, कुशल मल्लले २९, कप्तान रोहित पौडेलले तीन, सन्दीप जोराले २९, सोमपाल कामीले सात, गुल्शन झाले छ, करन केसीले अविजित १८ तथा सन्दीप लामिछानेले पाँच रन बनाए ।

भारतका खेलाडीहरु रवी बिस्नोई र अभेष खानले समान तीन(तीन विकेट लिए  । अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट लिए ।यसअघि टस जितेर भारतले पहिले ब्याटिङ गरेको थियो । भारतका लागि यशस्वी जयसवालले एक सय रन बनाए । उनले ४९ बलमा शतक बनाएर नेपालमाथि दबाब बनाएका थिए । साथै ऋतुराज गायक्वाडले २५, शिभम दुबेले २५ तथा रिन्कु सिंहले आक्रामक ३७ रन बनाए ।नेपाली बलर दीपेन्द्रसिंह ऐरीले दुई, सन्दीप लामिछाने र सोमपाल कामीले समान एकएक विकेट लिएका थिए । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार