धनगढी । जनसेवा युवा क्लव धनगढी १३लाई खलकुद सामाग्री हस्तान्तरण गरिएकाे छ ।क्लवले असाेज १३ गतेदखि आयाेजना गर्ने फुटबल प्रतियोगिताकाे लागि खेलकुद सामाग्री हस्ताक्षरित हस्तान्तरण गरिएकाे हाे ।
निशर्ग अस्पताल संचालक समितिका अध्यक्ष तिर्थराज पन्तले फुटवल प्रतियाेगिताका लागि चाहिने अवश्यक सामाग्री हस्तान्तरण गरेका हुन् । फुटबल संघ सुदूरपश्चिम प्रदेशका बरिस्ठ उपाध्यक्ष राघबेन्द्र कार्की , कैलाली जिल्ला फुटबल संघका पुर्व जिल्ला काेषाध्यक्ष डबल थापा, पुर्व जिल्ला सदस्य महेश गाेले र नबबुद्व युवा क्लब धनगढीका अध्यक्ष निरज विष्टकाेकाे समेत सहभागिता रहेकाे थियाे ।
तपाइको प्रतिक्रिया दिनुहोस्