एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-६-८
  • सुन्नुहोस् 
1.07K   
एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

काठमाडौंमा आयोजित एक समारोहकाबीच नवनिर्वाचित नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले टोलीको बिदाइ गरेका हुन् ।

बिदाइ समारोहमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का उपस्थित थिए ।

नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने भने बिदाइ समारोहमा उपस्थित भएनन् । उनको मुद्दाको पेसी आज तोकिएका कारण उनी टीमसँगै नगएका हुन् ।

मुद्दाको आज छिनोफानो भए वा पेसी सरेमा उनी मंगलवारसम्म प्रतियोगितामा सहभागी हुन चीन जानेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार