हामि संग जोडिनुहोस

सुदूरपश्चिम

बैतडीको डिलासैनीका उपाध्यक्षको हाकिम नपठाउन मन्त्रालयलाई गोप्य पत्र, अध्यक्षसँग टकराब

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-६-८
  • सुन्नुहोस् 
1.12K  
Banner

बैतडी। बैतडीको डिलाशैनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाद उत्पन्न भएको छ। डिलाशैनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बीच प्रमुख प्रशासकीय अधिकृत ९हाकिम०को विषयलाई लिएर विवादले चर्को रुप लिएको हो।

गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले २०७७ सालदेखि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहेको तर उपाध्यक्ष भगिरथ बोहराले निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहरालाई नै यथावत राख्न चाहेको कुरो एक पत्रले विवाद सतहमा ल्याएको छ। पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा रंजन पटेल आउने खबर पाएपछि कार्यबाहक अध्यक्ष भएका बेला उपाध्यक्ष बोहराले गत भदौ १२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्र बाहिरिएको छ।

बैतडीको डिलासैनी गाउँपालिकाका उपाध्यक्ष  बोहराले पालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाउन गोप्य रुपमा मन्त्रालय लाई पत्र पठाएको खुलेको हो। गत भदौ १२ गते चलानी नं। १०५ रहेको पत्रमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै सबै अधिकार दिएर खटाउन पत्रमार्फत अनुरोध गरिएको छ। गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहरा छन्। गणेश उपाध्यक्ष भगीरथका माइत पक्षबाट नातेदार पर्छन् ।

सरकारले प्रमुख प्रशासकीय अधिकृतको रूपमा रंजन पटेललाई खटाएको छ। उनी सोमबारभित्र गाउँपालिकामा हाजिर हुने गाउँपालिकाका सूचना अधिकारी नविनबहादुर रानाले जानकारी दिए।गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै गर्दा उपाध्यक्ष भगीरथ बोहराले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत नपठाइदिन भन्दै पत्र पठाएका थिए ।

पालिका उपाध्यक्ष भगीरथले लेखेको पत्रमा भनिएको छ ‘यस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको हुँदा यस गाउँपालिकामा जिल्लाभन्दा बाहिरको व्यक्तिबाट कामकाज गराउन सहज नहुने र भनेको समयमा सेवा सुचारु गराउन असहज हुने तथा बाहिर जिल्लाको प्रशासकीय अधिकृत बढी जसो काज बिदामा बस्ने भएकाले हालसम्म कामकाजको जिम्मेवारीमा रहँदै आएका नि।प्र।प्र।अ।बाट बाह्रै महिना नै जनताले सेवा सुचारु सहजै रूपले पाउने भएकाले त्यहाँ खटाई आउने प्रमुख प्रशासकीय नखटाई दिन हुन अनुरोध गरिन्छ।’यता पालिका अध्यक्ष सन्तोष जोशीले उपाध्यक्ष भगीरथले पत्र पठाएकोबारे आफूलाई थाहा नभएको बताए । पालिकाबाहिर रहेकाले मलाई जानकारी नै नगराई मन्त्रालयमा पत्र पठाएकोबारे जानकारी थिएन । पत्रबारे मन्त्रालयले भनेपछि थाहा भएको बताए । त्यसपछि डिलाशैनी गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न खोजेको भन्ने सन्देश गएपछि अध्यक्ष जोशीले असोज ५ गते विज्ञप्ति नै जारी गरे।उपाध्यक्ष बोहराले निमित्तबाट कामकाज गराउन चाहेको भए पनि मन्त्रालयले निमित्तबाट कामकाज गराउन नमिल्ने जवाफ डिलाशैनी गाउँपालिकालाई पठाइसकेको छ। अध्यक्ष जोशीले नेकपा एमाले त्यागेर स्वतन्त्रबाट चुनाव लडेका थिए भने उपाध्यक्ष बोहरा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्