हामि संग जोडिनुहोस

कैलाली विशेष

दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धि स्थानीय सरकारसंग सवांद

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-६-८
  • सुन्नुहोस् 
696  
Banner

सुखड।कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा महिला ,शान्ति र सुरक्षा दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धि स्थानीय सरकारसंग संवाद कार्यक्रम सप्पन्न भएको छ ।कार्यक्रम एडभोकेसी फोरम नेपाल र नागरिक आवाज को सयुक्त आयोजना भएको कार्यक्रममा घोडाघोडि नगरपालिका नगर प्रमुख खडक बहादुर रावत सभापतित्वमा भएको  थियो ।

कार्यक्रममा सयुक्त राष्ट्र संघले महिला र बालबालिका माथी हुने हिंसा ,विभेद र जोखिम जस्ता विषयहरुलाइ सम्बोधन गर्न तथा शान्ति निर्माणको प्रक्रियामा सहभागीताको प्रबर्द्धन गर्न सयुक्त राष्ट्र संघ सुरक्षा परिषदबाट  ३१ अक्टोबर सन  २००० मा प्रस्ताव न १३२५ पारिद गरिएको थियोे र यौनजन्य हिंसाका घट्नाहरु बाट प्रभावित महिला र बालबालिकाहरुको सुरक्षा र पीडितहरुको विशेष आवश्यकतालाई सम्बोधन गर्न दोस्रो प्रस्तावको रूपमा सयुक्त राष्ट्र सघं ,सुरक्षा परिषद बाट १९जुन सन २००८मा प्रस्ताव १८२० पारित गरिएको छ ।

यी दुई प्रस्तावलाई कार्यनयन गराउनका लागि अहिले महिला ,शान्ति र सुरक्षा दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धि स्थानीय तहहरुमा उपसमिति समेत गठन गरिदै छ ।

घोडाघोडी नगरपालिका का उपप्रमुख गुलिया कुमारी चौधरीको सयोजकत्वमा ५ सदस्य उपसमिति गठन गरियको छ जस्मा महिला तथा बालबालिका शाखा इन्दिरा जोशी , मनोपरामर्सदाता बिष्णा कुमारी चौधरी , द्वन्द्व पीडित हिरामती चौधरी , देवा बिक  रहेका छन्  

घोडाघोडी नगरपालिका नै उपसमिति गठनमा  पहिलो नगरपालिका भयको छ भने कैलारी गाउँ पलिकाले पनि उपसमिति गठन  गरेर नेपालको पहिलो गाउँ पालिका भएको छ ।जस्मा उपाध्यक्ष भगवती चौधरीको सयोजकत्वमा महिला तथा बालबालिका साखस प्रमुख बालकुमारी चौधरी , द्वन्द्व पीडित लक्ष्मी चौधरी , सबिना थारु र मनोपरामर्सदाता पछि थपिने भएको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले हामिले देशमा भएका धेरै घट्नाक्रमलाइ नजिक बाट निल्यालेका छौ कति घटनामा आफै पनि सहभागी भएका छौ २०४६ सालको जनआन्दोलन होस , दशवर्षे शसस्त्र

जनयुद्ध ,जातीय आन्दोलन , क्षेत्रीय आन्दोलन होस यात    कोरोनाको महामारी हामिले भोगेका छौ अब सबै बाट पाठ सिकेर अगाडि बढ्नु पर्ने बताए । यी सबै उपलब्धिहरु बाट हामिले द्वन्द्वमा परेका द्वन्द्व पीडित ,बेपत्ता पारियका परिवार हरु,हिंसामा परेका महिला तथा बालबालिकाहरुलाइ आफुले सक्ने किसिमको सहयोग गर्न र दोस्रो राष्ट्रिय कार्ययोजना कार्यनयन गर्न तयार रहेको बताए ।

कार्यक्रम एडभोकेसी फोरम नेपालका कार्यक्रम अधिकृत अनुपा अर्याल र  प्रशिक्षक पुष्प कुमार शाही सहजीकरण गरेका थिय ।

तपाइको प्रतिक्रिया दिनुहोस्