सूचना-प्रबिधि
मौसम पूर्वानुमान महाशाखा
काठमाडौँ । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भूभागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्