हामि संग जोडिनुहोस

सुदूरपश्चिम

डँडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-२९
  • सुन्नुहोस् 
858  
Banner

काठमाडौं । भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको आलिताल गाउँपालिका(१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बुधबार राति अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको प्रहरीले जनाएको छ । वीरबहादुर कुँवर घाइते छन् । उनलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

कैलालीको अत्तरियाबाट डोटीतर्फ गइरहेको अटो रिक्सा बुधवार राति करिब ९ बजे तिर दुर्घटना भएको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्