भारत र पाकिस्तानबीचको खेल आज पुन हुँदै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

भारत र पाकिस्तानबीचको खेल आज पुन हुँदै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-२६
  • सुन्नुहोस् 
936   
भारत र पाकिस्तानबीचको खेल आज पुन हुँदै

काठमाडौँ । हिजो (आइतबार) वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ ।

स्थानीय समय अनुसार खेल साढे २ बजे सुरु हुनेछ। आइतबार खेल वर्षाका कारण रिजर्भ डे मा गएको हो।

कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो । आज भारतले खेल यहीबाट शुरु गर्नेछ । भारत र पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ राखिएको थियो । त्यसैले खेल जहाँ रोकिएको थियो त्यहीँबाट शुरु हुनेछ ।

आज हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एकरएक अङ्क बाँड्नेछन् । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले भने सुपर फोरको पहिलो खेल खेलेको हो ।

जारी एसिया कपमा भारत र पाकिस्तान दोस्रो पटक आमने सामने भएका हुन्। समूह चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार