सुदूरपश्चिमका सबै स्थानीय तहका कामकाज ठप्प, कर्मचारी आन्दोलनमा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सुदूरपश्चिमका सबै स्थानीय तहका कामकाज ठप्प, कर्मचारी आन्दोलनमा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२८
  • सुन्नुहोस् 
162   
सुदूरपश्चिमका सबै स्थानीय तहका कामकाज ठप्प, कर्मचारी आन्दोलनमा

धनगढी। स्थानीय सेवा ऐन ल्याउनुपर्ने मागसहित सुदूरपश्चिम प्रदेशका सबै ८८ वटै स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि स्थानीय तहको कामकाज ठप्प भएको छ।प्रदेशसभामा माघमै दर्ता भएको स्थानीय सेवा विधेयक अझै पारित नभएको भन्दै कर्मचारीहरुले बैशाख २८ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरेका हुन्।आन्दोलनको सुरुवातस्वरूप आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिइएको संघर्ष समितिका संयोजक झलक दौल्यालले जानकारी दिए।उनका अनुसार पटक–पटक आग्रह गर्दा पनि स्थानीय सेवा ऐन नल्याइएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको हो।स्थानीय तहका कर्मचारीहरु लामो समयदेखि एउटै ठाउँमा अड्किएको, सरुवा र पदोन्नतिमा अवरोध भएको, सेवा शर्त स्पष्ट नभएको लगायत समस्याबाट पीडित छन्।

आन्दोलनको दबाबस्वरूप सम्बन्धित पालिका प्रमुखलाई ज्ञापनपत्र समेत बुझाइएको छ। कैलालीको कैलारी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले पालिका अध्यक्ष राजसमझ चौधरी र प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीलाई ज्ञापनपत्र बुझाएका छन्।कर्मचारीहरुले स्थानीय सेवा ऐन तत्काल पारित नगरिए थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च