धनगढीको फूलवारी क्षेत्रमा चोरीका घटनाहरु बढ्दै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढीको फूलवारी क्षेत्रमा चोरीका घटनाहरु बढ्दै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२७
  • सुन्नुहोस् 
1.69K   
धनगढीको फूलवारी क्षेत्रमा चोरीका घटनाहरु बढ्दै

धनगढी । पछिल्लो समयमा धनगढीको फूलबारी क्षेत्रमा चोरीका घटनाहरू दिनप्रतिदिन बढ्न थालेका छन्। धनगढी उपमहानगरपालिकाको फूलवारी क्षेत्रका वडा नम्बर १४, १८ र १९ नम्बर वडामा चोरीका घटनाहरु बढ्न थालेका हुन्।

दिन प्रतिदिन चोरीका घटनाहरूमा वृद्धि भएपनि प्रहरीले भने चोरीमा संलग्नहरुलाई  पक्राउ गर्न नसकेको स्थानीयहरूले बताएका छन्।

फुलबारी क्षेत्रमा एक इलाका प्रहरी कार्यालय र दुईवटा सशस्त्र बेस क्याम्पहरू छन्। तर चोरीका घटनाहरू बढे पनि सुरक्षाकर्मीहरूले नियन्त्रण गर्न नसकेको वडा नम्बर १९ का स्थानीय सत्यराज अधिकारीले बताए ।

पछिल्लो एक महिनामा यस क्षेत्र (आई गाउँमा) पानी तान्ने मटर ३ वटा, (चानकेपार गाँउमा) १ वटा, र (दक्षिण लल्लीपुर गाँउमा) १ सेट सोलार पाइनल लगायत घरायसी सामानहरु चोरी भएको स्थानीय रामबहादुर चौधरीले उनले बताए ।

प्रहरीले चोरी नियन्त्रण गर्न नसकेपछि  धनगढी १९ का स्थानीयहरुले  सशस्त्र  प्रहरी र नेपाल प्रहरीसंग छलफल गरि चाेरीका घटनाहरु नियन्त्रण गर्न अनुराेध गरेकाे वडा नम्बर १९ का सदस्य हरेन्द्र ऐडीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च