साहित्य
धनगढी १९ की आशिका ओलीको कविता 'गाँउको माया '

यी आखाँमा झल्झली आउन्छ मेरो गाउँ
सबैलाई मन पर्छ आफू जन्मेको ठाउँ ।
मलाई त्यो हरियाली र स्वच्छ हावापानीको सारै याद आउन्छ
बस्ने मन त गाउँमै छ तर समयले सधै टाढाटाढा ल्याउन्छ ।
सगँ मेलापाखाँ र बाखा गोठला जान्यौ गाउँको माथि
अब ति रमाइला दिनहरूु पनि टाढिदैं गए है मेरो साथी
गाउँ मात्र होइन, देश छोडी जानु पर्यो टाढा
म टाढा भए पनि मेरो गाउँसँग माया गासि सकेको छ धेरै गाढा।
हामी फरक जातियका भए पनि सबै मिलेर बस्थे एक परिवार जसरी।
अब यो विरानो सहरको ठाउँमा आफ्नो मनलाई समालु म कसरी ।
धानको बाली लगाउदाँ हिलो खेल्दै रमाउन्थौ
हामी थरीथरी किसमका खेल घरको आगनीमा खेल्यौँ छानीछानी ।
साथीभाई सबै मिलेर हामी गाँउको काममा सहयोग गथ्यौँ ।
आमाबुवाले भनेका सबै कुरा मानि हामी अघि बढ्यौँ ।
तपाइको प्रतिक्रिया दिनुहोस्