कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा ओझा विजयी - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा ओझा विजयी

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-६-२६
  • सुन्नुहोस् 
387   
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा ओझा विजयी : Phulbari Khabar

धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन भएको छ। संघको अध्यक्षमा पुष्करराज ओझा विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी रुपेश स्वाँरलाई ६१ मतको अन्तरले पराजित गरेका हुन्। ओझाले ९५० मत प्राप्त गर्दा स्वाँरले ८८९ मत पाए।

Phulbari Khabar

ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक महासचिव निर्वाचित भएका छन् भने स्वाँर प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष विजयी भएका छन्।

वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी भएका छन्। उनले ओझा प्यानलका ओम बिष्टलाई पराजित गरे। उद्योग उपाध्यक्षमा स्वाँर प्यानलकै लक्ष्मणराज पन्त निर्वाचित भए।

Phulbari Khabar

एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, र वस्तुगत उपाध्यक्षमा भीमराज ओझा (अब्बु) विजयी भएका छन्।

महासचिवमा ओझा प्यानलका दिनेश लम्साल विजयी बने। उनले सुरेश पाण्डेलाई पराजित गरे। यस्तै, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द निर्वाचित भए — दुबै जना स्वाँर प्यानलका हुन्।

सदस्यतर्फ शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, धुव्रराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक विजयी भएका छन्।

संघको नयाँ कार्यसमिति चयनका लागि शनिबार सम्पन्न निर्वाचनमा २,३३५ मतदाता मध्ये १,९४० मत खसेको थियो। नौ पदाधिकारी र १३ सदस्य गरी २२ पदका लागि ५० जनाले उम्मेदवारी दिएका थिए।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

Phulbari Khabar
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च