फेसबुकको ‘मोनिटाइजेशन’ पछि झुटा समाचारको बढ्दो बाढी - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

फेसबुकको ‘मोनिटाइजेशन’ पछि झुटा समाचारको बढ्दो बाढी

  • Phulbari Khabar Logo
    बिक्रम बोहरा
  • Logo
    २०८२-६-२२
  • सुन्नुहोस् 
1.13K   
फेसबुकको ‘मोनिटाइजेशन’ पछि झुटा समाचारको बढ्दो बाढी : Phulbari Khabar

हालै फेसबुकले नेपालमा पनि कन्टेन्ट मनिटाइजेसन (Content Monetization Option) सुरु गरेपछि सामाजिक सञ्जालमा विभिन्न खालका सामग्रीहरू हतारमा हाल्ने प्रवृत्ति तीव्र रूपमा बढेको छ। धेरै प्रयोगकर्ताहरूले भिडियो वा फोटो अपलोड गरेर प्रत्यक्ष आम्दानी गर्ने लोभमा पुराना सामग्री, झुटा समाचार, वा AI बाट बनेका भ्रामक भिडियो समेत पोस्ट गर्न थालेका छन्।  सामाजिक सञ्जालमा देखिएको यो प्रवृत्तिले सत्य सूचनाको विश्वसनीयता र प्रयोगकर्ताको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ।

Phulbari Khabar

फेसबुकले दिएको मोनिटाइजेशन सिस्टमले सही सामग्री उत्पादन गर्ने सर्जकलाई प्रोत्साहन गर्ने उद्देश्य राखे पनि, यसको दुरुपयोग गर्नेहरु बढ्दै गएका छन। फेसबुकको प्रणालीले प्रयोगकर्ताका पोस्ट, भिडियो, र पृष्ठको गतिविधि सावधानीपूर्वक ट्र्याक गर्छ। चोरी गरिएका, भ्रामक, वा नीतिविपरीतका सामग्री लगातार हाल्ने प्रयोगकर्ताको पेज वा प्रोफाइल पछि स्थायी रूपमा डिमोनेटाइज वा ब्यान गर्न सक्छ। तत्काल १–२ डलरको कमाइको लागि झुटा समाचार फैलाउने वा अरूको सामग्री चोरी गर्नेहरूले अब दीर्घकालीन नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउने निश्चित छ।

त्यसैले, सच्चा र सिर्जनात्मक सामग्री उत्पादनमा ध्यान दिनु आजको आवश्यकता हो। आफ्नै सिर्जना, आफ्नै आवाज, र मौलिक सोचका साथ सामग्री तयार पार्नेहरूले दीर्घकालीन लाभ पाउँछन्। सामाजिक सञ्जाल केवल मनोरञ्जन वा आम्दानीको माध्यम मात्र होइन, यो जिम्मेवारीपूर्ण सञ्चारको शक्तिशाली उपकरण हो। त्यसैले, थोरै लाइक वा कमेन्टका लागि आतंक मच्चाउने, झुटा समाचार फैलाउने कार्य तत्काल रोकौं। सफा सोच र चोखो मेहनतको बाटो रोजौं — यही नै दीर्घकालीन सफलताको आधार हो। धन्यवाद -बिक्रम बोहरा

Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च