हामि संग जोडिनुहोस

मनोरञ्जन

भारतमा ६५ करोडको ओपनिङ गर्दै शाहरुखको ‘जवान’ले राख्यो कीर्तिमान

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-२३
  • सुन्नुहोस् 
654  
Banner

यो कमाइ शाहरुखको अघिल्लो फिल्म ‘पठान’को भन्दा १९।०९ प्रतिशतले उच्च रहेको जनाइएको छ । ‘पठान’ले ५५ करोड भारुको ओपनिङ गरेको थियो । ‘केजीएफ २’को हिन्दी संस्करणले ५३।९५ करोड भारु, ‘वार’ले ५१।६० करोड भारु, ‘ठग्स अफ हिन्दुस्तान’ले ५०।७५ करोड भारुको ओपनिङ गरेका थिए । यी सबै फिल्मलाई उछिन्दै ‘जवान’ले आक्रामक व्यापार गरेको हो ।

भारतीय मल्टिप्लेक्सहरु पीभीआर, आइनक्स र सिनेपोलिसको कमाइ मात्र ३१ करोड भारु छ । ‘पठान’ले तीन मल्टिप्लेक्स चेनमा मात्र २७ करोड भारु कमाएको थियो । यो अन्तर १८ प्रतिशतले वृद्धि हो । बक्स अफिसमा यो कमाइलाई शाहरुख स्वयंसँगको प्रतिस्पर्धा ठानिएको छ ।नेपाली बक्स अफिसमा फिल्मले बिहीबार १।०५ करोड नेपाली रुपैयाँको ओपनिङ गरेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्