सभामुख र प्रमुख सचेतकहरू छलफलमा जुट्दै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सभामुख र प्रमुख सचेतकहरू छलफलमा जुट्दै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-१०
  • सुन्नुहोस् 
 
 सभामुख र प्रमुख सचेतकहरू छलफलमा जुट्दै

काठमाडौं । सभामुख देवराज घिमिरे  र राजनीतिक दलका प्रमुख सचेतकहरू छलफलमा जुट्दैछन् ।

उनीहरुबीच प्रतिनिधि सभाको क्यालेन्डर, वैशाख १२ गतेदेखि सुरु हुने संसदको वर्षे अधिवेशन लगायतका विषयमा आज बिहान ११ बजे छलफल हुन लागेको हो ।

संघीय संसदको वर्षे अधिवेशन आगामी शुक्रबारबाट सुरु हुँदैछ । बजेट अधिवेशनका रुपमा लिइने अधिवेशनमा बजेट आउनुभन्दा अगाडि संसद्मा गरिने कार्यलाई व्यवस्थित गर्नुपर्ने हुन्छ ।


नीति तथा कार्यक्रम र प्रिबजेट छलफल भएपछि मात्रै संसद्मा बजेट प्रस्तुत हुन्छ ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट आउनुभन्दा १५ दिन अगाडि प्रिबजेट छलफल सकाउनुपर्ने कानुनी व्यवस्था छ ।सरकारले प्रिबजेट छलफल अगाडि नै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च