धनगढी । अटिजम केयर सोसाइटी नेपालद्वारा आयोजित १८ औँ बिश्व अटिजम सचेतना दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कैलालीकाे धनगढी १८ फूलवारीमा साे कार्यक्रम सम्पन्न भएकाे हाे ।
साेसाईटीका अध्यक्ष रमेश बस्नेतकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि प्रदेश सभासदस्य धर्मराज पाठक रहेका थिए ।
प्रमुख अतिथि रहेका पाठकले पछिल्लो समय राष्ट्रिय अटिजम केयर सोसाइटी नेपालले अटिजमका क्षेत्रमा काम गरिरहेका कारण यस बारे केही ज्ञान भएको बताए । उनले भने “१० वटा अपागंताका क्षेत्र मध्ये अटिजम क्षेत्र पनि निकै संबेदनसिल रहेछ भन्ने कुरा नागरिकले बुझ्दै छन्, अब सरकारी लगानी यता तर्फपनि बढ्नुपर्ने देखियो ।” अटिजम सम्बन्धी सचेतना फैलाउनु पहिलो काम रहेको पाठकले बताए । सबैभन्दा पहिला नागरिकलाई अटिजम सम्बन्धी जानकारी दिनु छ। अनी यसको नियन्त्रण बारे सोच्नुपर्छ उनले भने “अटिजमले कति सताएको छ त्यो बारे अटिजम भएका बालबालिकाका अबिभावकलाई थाहा छ, त्यस कारण मानविय बिकासमा अबको लगानी नबढे यस्ता समस्याले भयाभह अवस्था श्रृजना गर्छ, हामीले सरकारलाई यि बिषयमा लगानी गर्न ध्यानाकर्षण गराउँछौँ, स्थानिय तह र सघं संस्थाकोपनि यहाँ लगानी बढ्न आवश्यक छ ।”
कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका सचिव डा.हेमराज रेग्मी, उप सचिव गणेश बहादुर सिहं, युएनडिपि सुदुरपश्चिम प्रमुख बैजन्ती गिरि लगायत धनगढी उपमहानगरपालिका १४ का अध्यक्ष मान बहादुर बिष्ट, वडा नम्बर १९ का अध्यक्ष बाधुराम चौधरीको उपस्थिती रहेको थियो ।
यस्तै सहभागिका रुपमा बिद्यालयका प्रधानाध्यापक , महिला स्वयम् सेबिका लगायत स्थानीय समाजका अगुवाहरुकाे सहभागिता रहेकाे थियाे ।
तपाइको प्रतिक्रिया दिनुहोस्