राष्ट्रिय
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता, बैङककमा सहकार्यका नयाँ समझौतामा हस्ताक्षर

बैङकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्राबीच आज भेटवार्ता भएको छ। भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध आयाममा सहकार्य थप बलियो बनाउन कदम चालिने सहमति प्राप्त भएको छ।
समारोहमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा र अन्य उच्च अधिकारीहरू पनि उपस्थित थिए। भेटवार्तापछि दुई देशबीच संस्कृति र पर्यटनको क्षेत्रमा सहकार्य गर्ने समझौतापत्रमा हस्ताक्षर भएको छ। यसका साथै, गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न समझौतापत्र पनि आदानप्रदान गरिएको छ।
समझौतापत्रमा हस्ताक्षर पछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा सहकार्यको नयाँ दिशा र प्राथमिकताहरू बारेमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि, प्रधानमन्त्री ओलीलाई समकक्षी शिनावात्राले सम्मान स्वरूप दिवभोजको आयोजना गरेका छन्।प्रधानमन्त्री ओलीले आजै थाइल्याण्डका नरेश महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्