माधव नेपालले पूर्वराजासँगको ५ बुँदे सहमति बारे स्पष्ट पारे : ‘ज्ञानेन्द्रले जनताको आदेश मान्ने बताएका थिए - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

माधव नेपालले पूर्वराजासँगको ५ बुँदे सहमति बारे स्पष्ट पारे : ‘ज्ञानेन्द्रले जनताको आदेश मान्ने बताएका थिए

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-१९
  • सुन्नुहोस् 
234   
माधव नेपालले पूर्वराजासँगको ५ बुँदे सहमति बारे स्पष्ट पारे : ‘ज्ञानेन्द्रले जनताको आदेश मान्ने बताएका थिए

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँगको कुराकानीमा उनले भने, पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको आदेश मान्ने बताएका थिए।अध्यक्ष नेपालले भने, राजा फर्कने कुनै आवश्यकता छैन, जनताको शासनलाई स्वीकार नगर्ने र रगतको शासन खोज्ने कुरा अहिलेको समाजमा सम्भव छैन। उनले थपे, जनतामा चेतना र जागरणको विकास गर्नुपर्ने हो, न कि पुराना सामन्ती र वंशीय शासनको पछि लाग्नुपर्छ। नेपालले पूर्वराजासँगको ५ बुँदे सहमतिलाई स्पष्ट गर्दै भने, यो कुनै सहमति होइन, यो राजाको वक्तव्य थियो, जसमा उनले भनेका थिए कि म सम्पूर्ण अधिकार जनतालाई सुम्पिन तयार छु र जनताको निर्णयलाई स्वीकार गर्न तयार हुन्छ अध्यक्ष नेपालले यो विषयमा अझ स्पष्ट पार्दै भने अब सार्वभौम जनता, जसको निर्णय नै शिरोपर हुन्छ, त्यसको अधिकारलाई हामी सबैले स्वीकार्नै पर्छ।




तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार