राष्ट्रिय
रवि लामिछाने सभामुखको कार्यकक्ष पुगे, सांसद पद निलम्बन फुकुवा गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेका छन्। उनले आफ्नो सांसद पद निलम्बनको मुद्दामा नयाँ पहल गर्न सभामुखसँग भेट गरेका हुन्।लामिछानेले यसअघि पनि माघ १८ गते सभामुखलाई भेटेर आफ्नो सांसद पदको निलम्बन फुकुवा गर्न आग्रह गरेका थिए। पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित रहेका लामिछानेले यस विषयमा बारम्बार सभामुखसँग निवेदन प्रस्तुत गर्दै आएका छन्।रास्वपा नेताहरूसँगै सभामुखलाई भेटेका लामिछानेले सांसद पदको मुद्दामा कुनै न कुनै समाधानको अपेक्षासहित आफ्नो पक्ष राखेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्