राष्ट्रिय
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचनको मतदान सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा आज स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार मतदान बिहान ८ बजेपछि सुरु भएको हो। यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो।तर, गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेपछि निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम तय गर्दै आजका लागि मतदान तोकेको हो।यसपटक त्रिविमा दलका विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ। अखिलबाट सिद्धान्त भट्ट, नेविसंघबाट दीपक जोशी, अखिल क्रान्तिकारीबाट प्रवीन दाहालका साथै स्वतन्त्र उम्मेदवार पद्मा भुसाल र उज्ज्वल खड्काले उम्मेदवारी दिएका छन्।
इल्क्ट्रोनिक मतदान प्रक्रिया अपनाइएको त्रिवि विश्वविद्यालय क्याम्पसमा कुल ६ हजार मतदाता रहेका छन्। मतदान अपराह्न ४ बजेसम्म जारी रहने छ।
तपाइको प्रतिक्रिया दिनुहोस्