तीनकुनेमा मण्डले अराजकताको पराकाष्ठा दाहाल - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

तीनकुनेमा मण्डले अराजकताको पराकाष्ठा दाहाल

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-१५
  • सुन्नुहोस् 
174   
तीनकुनेमा मण्डले अराजकताको पराकाष्ठा दाहाल

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरूले अराजकता फैलाउन तीनकुनेमा प्रदर्शन गरेको बताएका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गमा आज भएको समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै दाहालले पहिल्यै आफूहरू राखेको कार्यक्रमकै दिन राजावादीले पनि जुधाएको बताए ।

‘हामीले पहिल्यै कार्यक्रम राखेपछि वातावरणलाई धमिल्याउन चाहने मण्डलेहरूले उत्तेजित र आतंकित पार्ने मनसाय देखिएकै थियो,’ उनले भने, ‘तीनकुनेमा मण्डले अराजकताको पराकाष्ठा भएको छ । त्यो सबै निरंकुशतावादीको प्रतीक भएको छ । घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुंगा हानेका छन् । उनीहरुले मान्छे मरोस् भन्ने चाहेका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार