प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा दशौँ अधिवेशनका ५ प्रस्ताव सार्वजनिक - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा दशौँ अधिवेशनका ५ प्रस्ताव सार्वजनिक

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-१५
  • सुन्नुहोस् 
150   
प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा दशौँ अधिवेशनका ५ प्रस्ताव सार्वजनिक

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आफ्नो दशौँ राष्ट्रिय अधिवेशनबाट पारित ५ प्रमुख प्रस्तावहरू सार्वजनिक गरेको छ। परिषद्ले शैक्षिक, आर्थिक, राष्ट्रिय सुरक्षा, पर्यावरण र स्ववियुमा सुधार सम्बन्धी प्रस्तावहरू प्रस्तुत गरेको हो।

काठमाडौंमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा परिषद्को महासचिव दिनेश कार्कीले नयाँ केन्द्रीय कार्यकारिणी समितिको चयन र आगामी कार्ययोजनाका बारेमा जानकारी दिए। उनले परिषद्ले देशको समग्र अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय सुरक्षा, आत्मनिर्भरता र सुशासनका लागि विभिन्न सुधारका प्रस्ताव राखेको बताए।यस अवसरमा परिषद्ले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन, शिक्षा प्रणालीमा सुधार, पर्यावरण संरक्षणका पहलहरू, र स्ववियु निर्वाचनमा सुधारको आवश्यकता औंल्यायो।पत्रकार सम्मेलनमा परिषद्को मिडिया संयोजक कृष्णप्रसाद हुमागाईंले स्ववियु निर्वाचनको सुधार र असल व्यक्ति निर्माणमा परिषद्ले योगदान गर्ने प्रतिबद्धता जनाएको थियो।



तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार