खेलकुद
धनगढीकाे जुगेडामा प्रदेश स्तरीय फुटबल प्रतियाेगिता सुरु

धनगढी। कैलालीकाे धनगढी -१२ जुगेडामा छटाै प्रदेश क्लव स्तरीय अन्डर १९ फुटवल प्रतियाेगिता सुरु भएकाे छ । मनकामना युवा क्लबले आयाेजना गरेकाे प्रतियाेगिताकाे शनिवार सुदूरपश्चिम प्रदेशका अर्थराज्यमन्त्री प्रकाश बमले उद्घाटन गरेका छन् । विभिन्न १० क्लवकाे सभागिता रहेकाे प्रतियाेगिता चैत ६ गते सम्पन्न हुनेछ ।
प्रतियाेगिताकाे उद्घाटन समराेहमा प्रमुख अतिथि रहेका राज्यमन्त्री बमले खेल क्षेत्रकाे विकासमा सुदूरपश्चिम प्रदेश सरकारले निरन्तर प्रयास गरिरहेकाे बताए । उनले खेलकुदले राष्ट्रकाे पहिचानमा महत्त्वपूर्ण भूमिका खेलेकाे बताए ।
आयाेजक क्लवका अध्यक्ष कृष्ण पाण्डेकाे अध्यक्षतामा सम्पन्न उद्घाटन समराेह प्रदेशसभा सदस्य डम्बरी महरा रक्षा , सुदूरपश्चिम खेलकुद परिषद खेलकुद सदस्य सचिव दिपक सिंह , नेपाली कांग्रेसका नेता भीम पडाल , निशर्ग हस्पिटल प्रा.लीका अध्यक्ष तिर्थराज पन्त , धनगढी-१२का वडा अध्यक्ष शेरबहादुर महरा ,पुर्व अध्यक्ष गणेश जाेशी लगायतले शुभकामना मन्तब्य राखेका थिएँ ।
क्लबका सल्लाहकार ओम प्याकुरेल स्वात मनतब्य ब्याक्त गरेका थिए ।
यस्तै बिजय स्पाेर्टस् क्लव र सेक्युर नेपाल बिच उद्घाटन खेल भएकाे छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्