हामि संग जोडिनुहोस

मनोरञ्जन

अभिषेक समाजवादी पार्टीमा प्रवेश गर्दै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२
  • सुन्नुहोस् 
1.65K  
Banner

काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चनले अब राजनीतिमा हात हाल्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अभिषेक समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । 

अभिषेक चाँडै अखिलेश यादवको समाजवादी पार्टीमा प्रवेश गर्ने भएका हुन् । महानायक अमिताभ बच्चनका छोरा अभिषेक सन् २०२४ मा प्रयागराजबाट चुनाव लड्न सक्नेछन् । 

अभिषेककी आमा जया बच्चन पनि राज्यसभा सदस्य हुन् । जया बच्चन लामो समयदेखि समाजवादी पार्टीको हिस्सा रहेकी छिन् । बाबु अमिताभले पनि प्रयागराजबाट चुनाव लडेका थिए।


तपाइको प्रतिक्रिया दिनुहोस्