हामि संग जोडिनुहोस

देश/प्रदेश

धनगढीमा निर्माण गरिएको होल्डिङ सेन्टर वैकल्पिक प्रयोग हुन सकेन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-१५
  • सुन्नुहोस् 
624  
Banner

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा कोरोना महामारीमा निर्माण गरिएको होल्डिङ सेन्टरलाई अन्य प्रयोजनमा प्रयोग गर्न सकिने सम्भावना भए पनि सम्बन्धित निकायले प्रयोगमा ल्याउन सकेको छैन। 

कोरोना सङ्क्रमितसहित भारतबाट फर्केकालाई राख्ने उद्देश्यले सो होल्डिङ सेन्टर निर्माण गरिएको थियो। होल्डिङ सेन्टरलाई अब के बनाउने भन्ने टुङ्गो लाग्न नसक्दा प्रयोगमा आउन नसकेको हो। २०७८ साल जेठमा निर्माण सकिएको एक हजार शय्याको होल्डिङ सेन्टर एक वर्षभन्दा बढी समयदेखि उपयोगविहीन छ। होल्डिङ सेन्टरका लागि बनेको संरचना प्रयोग गर्ने सवालमा अझै पनि कुनै टुङ्गो लाग्न नसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

कोरोना महामारीको बेला सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ लगानीमा होल्डिङ सेन्टर निर्माण गरिएको हो। अहिले नेपालसहित विश्वमा कोरोना सङ्क्रमण छैन। कोरोना नभएकाले कोरोना सङ्क्रमितलाई राख्नका लागि बनाइएको ठुलो लगानीको संरचना अलपत्र छ। धनगढीस्थित नेपाली सेनाको भवानी दल गणको अनुगमन र व्यवस्थापनमा बनेकाले होल्डिङ सेन्टरको रेखदेख नेपाली सेनाले नै गर्दै आएको छ। २०७८ साल असार ३ मा निर्माणको ठेक्का पाएर हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर बनाएको हो। बडहरास्थित सामुदायिक वन क्षेत्रमा बनेको होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्सा  कोठा रहेका छन्। 


निर्माण पूरा भएको एक वर्षभन्दा बढी समय भइसक्दासम्म प्रयोगमा आउन नसकेको होल्डिङ सेन्टरको रङ खुइलिन थालेको धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए । 



तपाइको प्रतिक्रिया दिनुहोस्