काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । रुपन्देही जिल्ला अदालतमा गत बुधबारबाट जारी थुनछेक बहस सकिएसँगै अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेका छन् ।त्यसपछि जाहेरवालाका वकिलहरूले जवाफी बहस गर्नेछन् ।न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले जवाफी बहस सकिएसागै थुनछेक आदेश गर्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्