धनगढी । नेकपा एमालेले कारबाही गरेका नेता भीम रावल धनगढी आईपुगेका छन । एमालेका पुर्व उपाध्यक्ष समेत रहेका रावल शुक्रबार बिहान धनगढी आईपुगेका हुन ।धनगढी एयरपोर्टमा रावललाई उनका समर्थकले नाराबाजीसहित स्वागत गरेका छन् । उनका पक्षका नाराबाजी गरेका समर्थकले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरेका थिए । रावलसँगै एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पनि धनगढी पुगेका छन ।शुक्रबार धनगढी पुगेका रावल र थापा श्री एयर लाइन्सको जहाजको एउटै ‘रो’ को सिटमा बसेर धनगढी आएका हुन । एमालेमा रावललाई कारवाही गर्नुहुन्न पक्षमा थापा थिए । जुनकारण थापा र रावलको जहाजको सँगैसँगैको यात्रालाई महत्पूर्ण ढंगले हेरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्