अधिकारीको इजलासमा रवि लामिछानेको बयान - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

अधिकारीको इजलासमा रवि लामिछानेको बयान

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-९-२८
  • सुन्नुहोस् 
441   
 अधिकारीको इजलासमा रवि लामिछानेको बयान

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को सभापति रवि लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ । अधिकारीकै इजलासमा लामिछानेको बयान र थुनछेक बहस हुने अदालत स्रोतले जानकारी दिएको छ ।गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको इजलासले लामिछानेसहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो ।सोही अनुसार लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार