रवि लामिछानेसहित ४ जनालाई अदालत उपस्थित गराइयो - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

रवि लामिछानेसहित ४ जनालाई अदालत उपस्थित गराइयो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-९-९
  • सुन्नुहोस् 
522   
रवि लामिछानेसहित ४ जनालाई अदालत उपस्थित गराइयो

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो ।चार जनालाई अदालत उपस्थित गराइए पनि छविलाल जोशीको मात्रै बयान भइरहेको छ । छविको बयान सकिएपछि मात्रै अरूको सुरु हुनेछ ।छविको बयान हुँदा अरुलाई जिल्ला अदालतमै राखिएको छ । सञ्चालक कृष्ण गुरूङलाई भने बिरामी परेका कारण अस्पताल लगिएको छ ।न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरू भएको हो ।उनीहरूविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार