काठमाडौं । गृहमन्त्री रमेश लेखकले ‘रवि लामिछानेको हिरासतभित्रको फोटो’ भन्दै बाहिर ल्याउने काममा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् ।सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको फोटो भन्दै सामाजिक सञ्जालमा फोटो भाइरल भइरहँदा संलग्नलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।तस्वीर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संलग्न प्रहरीमाथि पनि कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।सामाजिक सञ्जालमा एउटा सिरक ओढेर सुतिरहेको तस्वीर सार्वजनिक भएपछि सत्य हो वा फेक फोटो भाइरल बनाइएको हो भन्दै गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग चासो राखेका थिए ।आवश्यक अनुसन्धान गर्ने र सत्य फोटो भएमा कारबाही गर्ने प्रहरी महानिरीक्षक कुँवरले बताएका छन् । रवि लामिछाने हाल कास्की प्रहरी हिरासतमा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्