जनकपुर बोल्ट्सको लुम्बिनी लायन्सलाई १३७ रनको सामान्य लक्ष्य - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

जनकपुर बोल्ट्सको लुम्बिनी लायन्सलाई १३७ रनको सामान्य लक्ष्य

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-२३
  • सुन्नुहोस् 
414   
जनकपुर बोल्ट्सको लुम्बिनी लायन्सलाई १३७ रनको सामान्य लक्ष्य

काठमाडौं ।  अभिशेष गौतमले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स विरुद्ध ब्याटिङमा संघर्ष गर्दै लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको हो ।जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए । लाहिरु मिलान्थाले २४ र आसिफ शेखले १६ रन जवडे । कुश कंसाकारले अविजित २२ रन बनाए ।बलिङमा लुम्बिनीका लागि युवा स्पीनर अभिशेष गौतमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान रोहित पौडेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । साद विन जफरले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।सन्दिप जोराले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।जनकपुरले राम्रो सुरुवात गरेपनि मिडल ओभरमा अभिशेषले उत्कृष्ट बलिङ गर्दा लगातार विकेट गुमाएको थियो । कुनै समय ९५र१ को स्थितीमा रहेको जनकपुरले त्यसपछि ४१ रन थप्दा ७ विकेट गुमाएको थियो ।पहिलो विकेटका लागि अनिल शाह र आसिफ शेखले ४८ रनको साझेदारी गरेको जनकपुरले पावर प्लेमा ५६१ को अवस्थामा थियो । तर १२औं ओभरमा सन्दिप जोराले सेट ब्याटर अनिल शाहलाई आउट गरेपछि लुम्बिनीले बलिङमा कमब्याक गरेको थियो ।त्यसपछि १३औं ओभरमा अभिषेषले जनकपुकरा तीन विदेशी खेलाडी लाहिरु मिलान्था, हर्श थाकर र जिम्मी नीशमलाई आउट गरे ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार