चितवन राइनोजलाई हराउँदै एनपीएलमा कर्णाली याक्सको पहिलो जित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

चितवन राइनोजलाई हराउँदै एनपीएलमा कर्णाली याक्सको पहिलो जित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-२१
  • सुन्नुहोस् 
423   
चितवन राइनोजलाई हराउँदै एनपीएलमा कर्णाली याक्सको पहिलो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल०मा आजको खेलमा कर्णाली याक्सले जित निकालेको छ । शुक्रबार टीयू अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा चितवन राइनोजलाई हराउँदै जित निकालेको हो । एनपीएलमा ​पहिलो जित निकालेको कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।चितवन राइनोजले कर्णाली याक्सलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन बनाएको थियो । तर निर्धारित १९।५ ओभरमा कर्णाली याक्सले ४ विकेटको क्षतिमा १३२ रन बनायो ।यसअघि जनकपुर बोल्टससँग ८ विकेटले र काठमाडौँ गुर्खाजसँग तीन विकेटले कर्णाली याक्स ​पराजित भएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार