उपनिर्वाचनका लागि मौन अवधि सुरु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

उपनिर्वाचनका लागि मौन अवधि सुरु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-१४
  • सुन्नुहोस् 
327   
उपनिर्वाचनका लागि मौन अवधि सुरु

आइतबार हुने स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न पाइँदैन ।मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्मका लागि मौन अवधि तोकिएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले बताइन् । ‘कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष–विपक्षमा मतदान गर्ने–नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारको प्रचारप्रसार नगर्ने–नगराउने’ अर्यालले जारी गरेको विज्ञप्तिमा छ । मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइनेछैन । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयोगले स्पष्ट पारेको छ । ‘सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर नगर्ने–नगराउने’ आयोगले भनेको छ । मौन अवधिमा प्रचारप्रसार गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने चेतावनी आयोगले दिएको छ । स्थानीय तहका ४१ पदमा आगामी आइतबार निर्वाचन हुँदै छ । ४४ पद रिक्त भएकोमा तीन पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन् । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार