‘बुलाकी’ ले पायो उत्कृष्ट चलचित्रको राष्ट्रिय पुरस्कार - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

मनोरञ्जन

‘बुलाकी’ ले पायो उत्कृष्ट चलचित्रको राष्ट्रिय पुरस्कार

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-१२
  • सुन्नुहोस् 
402   
‘बुलाकी’ ले पायो उत्कृष्ट चलचित्रको राष्ट्रिय पुरस्कार

काठमाडौं । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ ले सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।आज राष्ट्रपति निवासमा आयोजित विशेष समारोहमा चलचित्रलाई सो अवार्ड प्रदान गरियो ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहको आयोजना गरिएको थियो । २०८० सालमा रिलिज भएका चलचित्रमध्ये बुलाकीलाई जुरीले सर्वोत्कृष्ट ठहर गरेको हो ।

सर्वोत्कृष्ट निर्देशकहको अवार्ड भने ‘दिमाग खराब’ का लागि निश्चल बस्नेतले पाएका छन् । सोही चलचित्रबाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भइन् ।

स्वस्तिमाले अर्को चलचित्र ‘टुल्की’ बाट निर्णायक समिति प्रोत्साहन पुरस्कार पनि प्राप्त गरिन् । उत्कृष्ट अभिनेताको पुरस्कार भने ‘प्रसाद २’ बाट विपिन कार्कीलाई प्रदान गरिएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च