हामि संग जोडिनुहोस

देश/प्रदेश

म्हः पूजा र नेपाल सम्बत् ११४५ ले राष्ट्रिय सदभाव र एकता बढाउँछ : उप्रेती

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-१७
  • सुन्नुहोस् 
177  
Banner

काठमाडौ । नेपाल सम्बत ११ सय ४५  र म्हः पूजाको अवसरमा बिभिन्न कार्यक्रम भैरहेकाछन । यही अवसरमा काठमाडौंस्थित पालिज्ञा स्वाँ नेवा पूचः ले सामुहिक म्हः पूजा कार्यक्रम गरेको छ । 

कंकेश्वरी मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा म्ह अर्थात देह पूजाका लागि अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्किने आकर्षक मण्डप बनाइएको थियो । सोही मण्डपमा सामुहिक म्हः पूजा गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथी रहनु भएका राप्रपा सह कोषाध्यक्ष एवम समाजसेवी शोभित उप्रेतीले समाज निर्माणमा नेवार समुदायको योगदान, नेवारी कला संस्कृति, रहनशहन, भेषभुषा र परम्पराको चर्चा गर्दै यसमा पालिज्ञा स्वाँ नेवाः पूचले खेलेको भूमिकाको सरहना गरे । उनले राष्ट्रिय एकता र सद्भाव बढाउन म्हः पूजा र नेपाल सम्बतले महत्वपूर्ण भूमिका खेलेको धारणा राखे ।  

कार्यक्रममा संस्थाका अध्यक्ष एवम राप्रपा नेता नविन शाहीले म्ह पूजा र नेपाल सम्बतसँग नेवार समुदायको अन्योन्याश्रित सम्बन्ध रहेको विषयमा जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्