सुदूरपश्चिम
पार्टीमा बस्ने,पद लिने,तर पार्टीको हित बिपरित काम गर्ने प्रबृति मौलायो : डा.आरजु

धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टीको हितमा लाग्नुपर्ने बताएकि छन् । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ले आयोजना गरेको क्षेत्रीय भेलामा बोल्दै उनले सो कुरा बताएकि हुन् ।
कार्यक्रममा बोल्दै डा. राणाले पछिल्लो समय पार्टीमा बस्ने ,पद लिने, तर पार्टीको हित बिपरित काम गर्ने प्रबृति मौलाएको भन्दै पार्टीको हितका लागि काम गर्नुपर्ने उनले बताइन् ।
क्षेत्रीय भेलाको प्रमुख अतिथि समेत रहेकी डा. राणाले पार्टीले गरेका सकारात्मक गतिबिधिहरुको सामाजिक संजालको माध्यामबाट प्रचार गर्नुपर्ने समेत उनको भनाई छ ।
डा. राणाले भनिन् , ”पछिल्लो समय महिला हिंसा बढेका कारण नेपाली कांग्रेस महिला हिंसालाई नियन्त्रण गर्न सक्रिय भएको छ । जसकालागि छुट्टै संयन्त्र बनाएर महिला हिंसा नियन्त्रमा सक्रियता देखाएको छ । ”
यस्तै सोही कार्यक्रममा बोल्दै डा . राणाले आफु राजनितिमा सक्रिय भएदेखि आफुमाथि षड्यन्त्र हुन थालेको बताउदै जस्तो सुकै षड्यन्त्र भएपनि आफु बिचलित नहुने बताइन् ।
नक्कली भुटानी शरणार्थीमा आफ्नो नाम अनावश्यक रुपमा चर्चामा ल्याईएको बताउँदै राणाले यसमा आफ्नो कुनै दोष नभएको स्पष्ट पारिन् । उनले भनिन, ” खाएको बीस पो लाग्छ नखाएको बीस कसरी लाग्छ ? ”
कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप बहादुर वड, शुशिला मिश्र भट्ट, जीवन राना, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह , प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त , सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री प्रकाश बहादुर देउवा लगाएतको सहभागिता रहेको थियो ।
कांग्रेसकी केन्द्रीय सदस्य डा .आरजु राणा र रानालाई सम्मान
नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ कार्य समितिले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा . आरजु राणा देउवालाई सम्मान गरेको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को बिकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै क्षेत्रिय कार्य समितिले सम्मान गरेको हो ।
उनलाई क्षेत्रीय सभापति भीम पडालले दोसल्ला सहित सम्मान पत्रका साथ सम्मान गरेका हुन् ।
यस्तै राना समुदायबाट नेपालमै पहिलो बिद्याबारीधी गरेको भन्दै जीवन रानालाई समेत सम्मान गरिएको छ । राना पनि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्