हामि संग जोडिनुहोस

मनोरञ्जन

अनमोलको जेरी अनटप मा सुरक्षाको पनि इन्ट्री

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१०
  • सुन्नुहोस् 
78  
Banner

काठमाडौँ । अनमोल केसीको शीर्ष भूमिका हुने फिल्म ‘जेरी अनटप’को शीर्षमध्येको भूमिकामा अभिनेत्री सुरक्षा पन्तको पनि प्रवेश भएको छ । निर्माता सरोज न्यौपाने र उनीबीच लिखित सहमति भएको छ ।निर्माता न्यौपानेले फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएको जानकारी दिए । यसअघि यो फिल्ममा आँचल शर्मा र जसिता गुरुङ पनि अनुबन्धित भइसकेका छन् । आगामी सातादेखि छायांकन सुरु हुने फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको हो ।फिल्म अनन्या फिल्मसँग दिपक भण्डारी, रविन शेरचन र रामकृष्ठ श्रेष्ठ जोडिएका छन् भने एसोसिएट निर्मातामा ओम अग्रवाल र विवेक थापा छन् । ‘जेरी अन टप’ को कथा हेमराज बिसीको हो । फिल्मको स्कृप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन् । फिल्म काठमाडौँ, लुक्ला र भारतको लद्धाकमा छायाङ्कन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्