दशैंको फूलपातीका दिन अस्ट्रेलियाका ५० भन्दा बढी हलमा ‘छक्कापञ्जा ५’ रिलिज गरिने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

मनोरञ्जन

दशैंको फूलपातीका दिन अस्ट्रेलियाका ५० भन्दा बढी हलमा ‘छक्कापञ्जा ५’ रिलिज गरिने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१०
  • सुन्नुहोस् 
438   
दशैंको फूलपातीका दिन अस्ट्रेलियाका ५० भन्दा बढी हलमा ‘छक्कापञ्जा ५’ रिलिज गरिने

सिड्नी ।दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन अस्ट्रेलियामा पनि रिलिज तयारीमा छ । अस्ट्रेलियाका विभिन्न सहरमा रहेका ५० भन्दा बढी सिनेमा हलमा यो फिल्म प्रदर्शन हुने अस्ट्रेलियाका प्रदर्शक शीतल गिरीले जानकारी दिए ।अस्ट्रेलियामा ‘छक्कापञ्जा’का अघिल्ला सिरिज हल भाडामा लिएर प्रदर्शन गरिंदै आएको भए पनि यसपटक नियमित रिलिज हुने उनले बताए । ‘हामीले यसअघि पनि चलचित्र फर्की फर्कीको पनि बक्स अफिस रिलिज गरेका थियौं’ गिरीले भने, ‘यहाँ रहनुहुने नेपालीहरूको सहजता र सुझावलाई ध्यानमा राखेर छक्कापञ्जा(५ को पनि बक्स अफिस रिलिज गर्न लागिएको हो ।’यो फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार रगडेल ब्वाइज, नमस्ते इन्टरटेनमेन्ट र ग्रिस इन्टरटेनमेन्टले संयुक्त रूपमा खरिद गरेका हुन् ।आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको ‘छक्कापञ्जा ५’ मा दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार घिमिरे ‘माग्ने बूढा’, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार