डेउडिया बोगटी लाई देउडा गाएर अन्तिम विदाई गरियो - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

डेउडिया बोगटी लाई देउडा गाएर अन्तिम विदाई गरियो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-४
  • सुन्नुहोस् 
672   
डेउडिया बोगटी लाई देउडा गाएर अन्तिम विदाई गरियो

धनगढी । आफ्नो जीवनकालमा नेपाल प्रहरीको अनुशासनभित्र रहेर जति पदक जिते त्यो भन्दा बढी डेउडा प्रतियोगितामा भाग लिएर सम्मान र पुरस्कार प्राप्त गरेका उनै डेउडिया दल बहादुर बोगटी अब कुनै पनि डेउडा खेलमा देखिने छैनन्।

डेउडा प्रतिष्ठान सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा वरिष्ठ डेउडा गायकका रूपमा सुदूरपश्चिममै परिचित नाम हो दलबहादुर बोगटी। धनगढीको मटियारीस्थित केदारेश्वर धाममा कपल्लेकी जाँतमा डेउडिया भएर भदौ ३१ बेलुका डेउडा खेल्न गएका बोगटी साइकल चढेर राति घर फर्कने बेलामा हाइस गाडीले ठक्कर दिंदा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको विहीबार दिउँसो १ बजे मृत्यु भएको थियो भने आज उनै बोगटीको पार्थिप शरीरलाई सुदरपश्चिम साहित्य समाजको प्राणाग्रण बाट देउडा खेलर अन्तिम विादई गरिएको छ ।



डेउडा गाएरै उनले सुदूरपश्चिमाञ्चल साहित्य समाजबाट प्रतिभा पुरस्कार, नेपाल भाषा संस्कृति सम्बद्र्धन समाजबाट सम्मानित, जिजिकोट सलेना सेवा समाज डोटीद्वारा सम्मानित तथा विभिन्न चलचित्रमा पनि उनले कलाकारको भूमिका निर्वाह गरेका थिए।


चलचित्रमा योगदान पु¥याएको भन्दै उनलाई गत असारमा चलचित्र विकास बोर्डले पनि सम्मानित गरेको थियो। उनी दुई दर्जन बढी साहित्य र संस्कृति सम्बन्धि संघसंस्थाबाट सम्मानित भइसकेका डेउडिया तथा चलचित्रकर्मी हुन्। त्यस्तै डोटेली भाषाको गौरी, धन्यमाया जाल, नेपाली भाषी दुर्गा मल्ल, नशा एक लत र कोपिला सिरियल तथा दुई दर्जन बढी डेउडा गीतमा अभिनय गरेका थिए। प्रहरीमा रहेर ३२ वर्ष सेवा गरेका दलबहादुर अवकाशपछि पनि डेउडा क्षेत्रकै लागि रातदिन लागिरहेकै थिए। बोगटीको निधनले सुदूरपश्चिमको कला, साहित्य, संगीत क्षेत्रमा अपूरणीय क्षति भएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार