सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले लिए शपथ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले लिए शपथ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-३०
  • सुन्नुहोस् 
402   
सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले लिए शपथ

धनगढी ।सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नजिर मियाँको उपस्थितिमा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तीसिंह थापा जोशीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।धनगढी उपमहानगरपालिका–२ घर भएका जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार