मुख्यमन्त्री शाहले बुधबार लिने विश्वासको मत - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

मुख्यमन्त्री शाहले बुधबार लिने विश्वासको मत

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-२८
  • सुन्नुहोस् 
393   
मुख्यमन्त्री शाहले बुधबार लिने विश्वासको मत

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् ।२० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन भनेका हुन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिनेगरि पत्र पठाएको बताउँदै प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेका जानकारी दिए ।कांग्रेसरएमालेको समर्थनमा २० साउनमा मुख्यमन्त्री नियुक्त भएका शाहले विश्वासको मत लिइसकेपछि चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी समेत गरेका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार