सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-२३
  • सुन्नुहोस् 
531   
सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौँ बैठक आज  बुधबार  बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिएका छन । साउन पहिलो साता प्रदेश प्रमुख नजिर मियाँले सभाको विशेष अधिवेशन आह्वान गरेका थिए । तर, विशेष अधिवेशनमा अहिलेसम्म प्रदेशको समसामयिक विषयमा छलफल भने हुन सकेको छैन यसअघि दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले प्रदेश सभाबाट बजेट पारीत हुने अवस्था नभएपछि बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेका थिए । अध्यादेशबाट बजेट ल्याउन रोक्न नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले विशेष अधिवेशन माग गरेका थिए ।विशेष अधिवेशन बोलाइएपछि बजेट भने अध्यादेशबाटै ल्याउने तयारी गरिएको छ । नवनियुक्त आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले जारी बजेट शून्यताको अवस्थालाई अन्त्य गर्न अध्यादेश मार्फत बजेट ल्याउने तयारी थालेको जानकारी दिए । त्यसको लागि प्रदेश सरकारले प्रदेश सभाको विशेष अधिवेशन समेत अन्त्य गर्न लागिएको मन्त्री थापाले बताए ।उनले भने, ‘२÷३ दिनभित्रै प्रदेशको बजेट शून्यताको अवस्था अन्त्य हुन्छ । मैले पदभार ग्रहण गर्ने क्रममा पनि आफ्नो पहिलो निर्णय नै अहिले बजेट शून्यताको अवस्था अन्त्य गर्ने निर्णय गरेको छु । जसको लागि हामी लागेका छाँै । विशेष अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउँछौ ।’ निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार १ गते प्रस्तुत आव ०८१र०८२ को बजेट फेल भइसकेपछि अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेका थिए । तर निवर्तमान मुख्यमन्त्री सोडारीको कदमलाई असफल पारेका हालका मुख्यमन्त्री शाहले अध्यादेशमार्फत बजेट ल्याउन लागेका हुन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार