सातवटै प्रदेशमा वर्षाको सम्भावना - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

सातवटै प्रदेशमा वर्षाको सम्भावना

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१७
  • सुन्नुहोस् 
918   
सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं  । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा। हल्का वर्षा भइरहेको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। 

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमा वर्षाको सम्भावना छ ।मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा माथि र पूर्वमा सरदर स्थानको आसपासमा रहेको विभागले बताएको छ ।

 देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ अ

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमा वर्षाको सम्भावना छ ।मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा माथि र पूर्वमा सरदर स्थानको आसपासमा रहेको विभागले बताएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार