सुदूरपश्चिममा प्रदेशसभाको विशेष बैठक - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

सुदूरपश्चिममा प्रदेशसभाको विशेष बैठक

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-५
  • सुन्नुहोस् 
669   
सुदूरपश्चिममा प्रदेशसभाको विशेष बैठक

धनगढी  । सुदूरपश्चिममा प्रदेशसभाको विशेष बैठक आह्वान गरिएको छ । प्रदेश प्रमुखले संविधानअनुसार एक तिहाइ बढि सांसदले बैठक आह्वान गर्न लिखित आग्रह गरेपछि बैठक आह्वान गरिएको हो । प्रदेश प्रमुखले संविधान अनुसार पठाएको पत्र अनुसार नै बैठक आह्वानको तयारी प्रदेश सभा सचिवालयले गरेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा एक तिहाइ बढी सांसदहरूले प्रदेश प्रमुख नजिर मियाँसमक्ष विशेष अधिवेशनको माग गरेका गरेका थिए । बजेट अधिवेशन अन्त्यको भोलिपल्टै कांग्रेस र एमालेका २१ जना सांसद उपस्थित भएर अधिवेशन आव्हानको माग गरेका हुन् । यसअघि सरकारको सिफारिसमा मुख्यमन्त्री नजिर मियाँले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि प्रदेशसभा बैठक अन्त्य गरेका थिए ।

प्रदेशमा वर्षाले ठूलो क्षति पुर्‍याएको तर, राहत उद्धार, क्षतिपूर्ति लगायतमा सरकारले कुनै काम नगरेको भन्दै संसद् आह्वानको माग गरिएको कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले बताए । एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सरकार जिम्मेवार हुनुपर्नेमा थप गैर जिम्मेवार भएको हुँदा अधिवेशन आह्वान गर्न आग्रह गरेको बताए ।


‘अहिले अल्पमतको सरकार चलिरहेको छ । जनतामा पीडामा छन् । जनताको सरकारलाई कुनै चासो छैन बजेट पारित गर्न नसक्दा मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने हो तर मुख्यमन्त्री लाई चासो छैन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार